लुम्बिनी मेडिकल कलेजको पाँचौ तल्लाबाट बिरामीले हामफाले, घटनास्थलमै मृत्यु

पाल्पा, १५ बैशाख । प्रभासस्थित लुम्बिनी मेडिकल कलेज टिचिङ हस्पिटलको ५ औं तलाबाट हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको मृत्यु भएको हो ।

उनले मंगलबार राती अस्पतालको पाँचौ तल्लाबाट हाम फालेका थिए ।

उनलाई गत ९ बैशाखमा आफ्नो घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले फेला पारेका थिए । घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि तत्कालै रामपुर अस्पताल पुर्‍याइएको थियो ।  पछि आफन्तले थप उपचारका लागि आफ्न्तले प्रभाव ल्याएको बुझिएको छ ।

प्रहरीले पाँचौँ तल्लाबाट हाम फाल्दा सोमईको घटनास्थलमै मृत्यु भएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले घटनाको विषयमा अनुसन्धान सुरु भएको बताए ।

उनको शवलाई अहिले पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *