सिन्धुली अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

244
Shares

सिन्धुली, २९ चैत । सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ । पेटका विरामीलाई लक्षित गरी अस्पतालले इन्डोस्कोपी सेवा थप गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिए ।

बागमती प्रदेश सरकारको सेवा सुदृढीकरण कार्यक्रम अन्तरगर्त २५ लाख रुपैयाँको सहयोग इन्डोस्कोपी मेसिन खरीद गरेर सञ्चालन गरिएको उनले बताए । इन्डोस्कोपी सेवा जिल्लामा सुरु भएपछि धुलिखेल र काठमाडोँ लगायतका स्थानमा स्थानमा धाउनुपर्ने बाध्याता हटेको अध्यक्ष पोखरेलको भनाई छ ।

सिन्धुली अस्पतालले जनरल ओपिडी, सामान्य प्रयोगशाला, एड्स तथा यौनरोग, प्रसूति र भिडियो एक्सरे लगायतको सेवा दिने भएपनि विशेषज्ञ चिकित्सकको भने अभाव भएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *