चौबिस घण्टामा थप १३ जनामा कोरोना संक्रमण, ४४ जना डिस्चार्ज
काठमाडौँ, २६ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ५३९ पीसीआर नमुना परीक्षण गर्दा १२ जना र १ हजार ६१६ जनको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ जना गरी कुल ४ हजार १५५ जनाको नमुना परीक्षण गर्दा १३ जनााको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।आइसीयूमा ११ र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६३७ रहेको छ ।
त्यस्तै आज कोरोनाबिरुद्धको खोप लगाउनेको संख्य शून्य रहेको मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]