चौबिस घण्टामा थप ३५ जनामा कोरोना संक्रमण, २६६ संक्रमणमुक्त

काठमाडौँ, १० चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप २ सय ६६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ८ सय ८१ पीसीआर नमुना परीक्षण गर्दा ३२ र १ हजार ३ सय ८७ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ गरी ३५ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा २१ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय १९ रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *