औषधि सल्लाहकार समितिको ५३ औँ बैठक बस्दै, प्यारासिटामोल ६५० एमजीमा दर्ता गर्ने पहिलो कार्यसूची
काठमाडौँ, १० चैत । औषधिका सम्वन्धमा विभिन्न निर्णय गर्न आज औषधि सल्लाहकार समितिको ५३ औँ बैठक बस्ने भएको छ । स्वास्थ्य सचिवको अध्यक्षतामा बस्ने बैठकमा विभिन्न ६ वटा कार्यसूची राखिएको छ ।
बैठकको पहिलो कार्यसूचीको रुपमा रुपमा प्यारासिटामोल ६५० एमजीमा दर्ता गर्ने विषय उल्लेख छ । यसअघि तीनवटा स्वदेशी औषधि उत्पादकबाट प्यारासिटामोल ६५० एमजीमा दर्ता गर्न आवेदन प्राप्त भएपनि गत ११ असारको विभागीय निर्णय अनुसार तत्काल दर्ता नगर्ने निर्णय भएको थियो । तर इन्डियन फर्माकोपिया २०१८ मा उल्लेखित भएको र भारतमा दर्ता गरी प्रयोगमा समेत रहेको भन्दै दर्ताका लागि निर्णय लिन भनिएको छ ।
नेपालमा लामो समय देखि प्यारासिटामोलको मूल्य नबढेको भन्दै स्वदेशी औषधि उत्पादकहरुले मूल्यका सम्वन्धमा निर्णय लिन दवाव दिदै आएका छन् । सरकारले भने त्यसबारेमा निर्णय लिन सकेको छैन् । कतिपयले ६५० एमजी बनाउनुपर्छ भन्ने अहिलेको माग समेत मूल्य बढाउने नयाँ चाल भएको दावी गरेका छन् ।
नेपाल औषधि उत्पादक संघ (एपोन) का कोषाध्यक्ष प्रभात रुंगाटाले केही साता अघिको एक पत्रकार सम्मेलनमा आफूहरुले आठ वर्ष अघि देखि नै ६५० एमजीको सिटामोल उत्पादन गर्नुपर्छ भन्दै आएको बताएका थिए । उनले अहिले ७० केजी बढी तौल भएको व्यक्तिलाई ५०० एमजीको सिटामोल प्रभावकारी नहुने तर्क समेत अघि सारेका थिए । नेपालको औषधि उत्पादन क्षेत्रमा इन्डियन फार्माकोपिया मापदण्ड लागू भइरहेको सन्दर्भमा उता ६५० एमजीलाई मान्यता दिँदा यता दिन नहुने भन्ने तर्क असान्धर्भिक रहेको बताएका थिए । १४ वर्ष अघिको मूल्य अहिलेसम्म उहि हुनु कुनै पनि कोणबाट उचित नभएको भन्दै यसबारेमा सरकारले छुट्टै र तत्काल निर्णय लिनुपर्ने बताएका थिए ।
तर, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भने उनको तर्कसंग सहमत छैनन् । उनले विहीबार विहानै फेसबुक स्टाटस लेख्दै ६५० एमजीको सिटामोल उत्पादन गर्नु अघि यसको क्लिनिकल ट्रायल हुनुपर्ने भन्दै हचुवाको भरमा व्यापारीको प्रभावमा परेर सरकारले गैरजिम्मेवारपूर्ण निर्णय गरेको बताएका छन् । उनले सिटामोलको मूल्य बढाउन नसकेपछि व्यापारीहरुले चालेको नयाँ चाललाई सरकारले समर्थन गर्न खोजेको आरोप समेत लगाए ।
यस्तै आजको बैठकमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्ध दिईने फाइजर बायोन्टेकको नयाँ खोपको लागि आपतकालिन अनुमति प्रदान गर्ने बारेमा समेत प्रस्ताव गरिएको छ । यसैगरी पशुपन्छी औषधि व्यावसायी तालिम संचालन सम्वन्धी कार्यविधि २०७८ स्वीकृत गरी औषधि व्यवस्था विभागलाई परामर्श दिने, औषधि विक्रि वितरण संहिता २०७८ स्वीकृत गरी लागू गर्न औषधि व्यवस्था विभागलाई परामर्श दिने, औषधिको स्तर निर्धारण गर्ने, औषधिको विशेष सिफारिस अनुमोदन गर्ने लगायतका विषय उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]
Paracetamol 650 and 1000 mg ko clinical trials 2011 ma nai bhaisakeko Kura jankari garauchhu Jyoti Baniya ji
Clinical trials pani hun6 ra nepal ma?
Medicine li ta business banai sake ka chan.
Kaha gayo hospital guidelines?