थप ८८ जनामा कोरोना संक्रमण, ३७६ संक्रमणमुक्त

काठमाडौँ, २३ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३७६ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ८ हजार ६३८ जनाको नमुना परीक्षण भएकोमा ८८ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २२ भक्तपुरमा १ र ललितपुरमा ६ जना गरी उपत्यकामा २९ जना थपिएका छन् ।

त्यसैगरी आज कोरोना संक्रमणबाट थप १ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १५० सय रहेको छ । आइसीयूमा ४४ र भेन्टीलेटरमा ७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *