चौबिस घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, ९ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १ हजार २०५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ८ हजार १४० जनाको नमुना परीक्षण भएकोमा ३८८ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ सय रहेको छ ।

त्यसैगरी आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । आइसीयूमा १३९ र भेन्टीलेटरमा १९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै चौबिस घण्टामा ८ लाख ७३ हजार ४३८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *