चौबिस घण्टामा थप ४३७ जनामा कोरोना संक्रमण, २४५४ जना संक्रमणमुक्त
काठमाडौँ, ६ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप २ हजार ४५४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ९ हजार ९१ जनाको नमुना परीक्षण भएकोमा ४३७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ सय रहेको छ । आइसीयूमा १४४ र भेन्टीलेटरमा २३ जना संक्रमित उपचाररत छन् ।
त्यसैगरी आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय १३ पुगेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]