चौबिस घण्टामा थप ५७० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौँ, ५ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १ हजार ९९३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ९ हजार ७८९ जनाको नमुना परीक्षण भएकोमा ५७० जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ सय रहेको छ । भने आईसीयुमा १५१ जना भेन्टीलेटरमा २६ जना उपचाररत छन्
त्यसैगरी आज कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]