चौबिस घण्टामा थप ६८० जनामा कोरोना संक्रमण, १८३५ जना संक्रमणमुक्त
काठमाडौँ, ३ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १ हजार ८३५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ७ हजार ९५ जनाको नमुना परीक्षण भएकोमा ६८० जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४ सय रहेको छ ।
त्यसैगरी आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]