चौबिस घण्टामा थप १,९५७ जनामा कोरोना संक्रमण, ५,१०३ जना संक्रमणमुक्त

काठमाडौँ, २५ माघ। पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५ हजार १०३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट १२ हजार ६९१ जनाको नमुना परीक्षण भएकोमा १ हजार ९५७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ८१ रहेको छ । आइसीयूमा २ सय ५६ जना भेन्टीलेटरमा ३८ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *