चौबिस घण्टामा थप १३८६ जनामा कोरोना संक्रमण, ८,७०४ जना डिस्चार्ज

काठमाडौँ, २३ माघ। पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ८ हजार ७०४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ९ हजार २५१ जनाको नमुना परीक्षण भएकोमा १ हजार ३८६ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमा काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४१०, भक्तपुरमा ३२र ललितपुरमा १२४ जना गरी उपत्यकामा ५६६ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार २४८ रहेको छ ।

त्यसैगरी आज कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८१४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *