चौबिस घण्टामा थप २,५२६ जनामा कोरोना संक्रमण, ८,४२५ जना डिस्चार्ज

काठमाडौँ, २१ माघ। पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ८ हजार ४२५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ६ हजार ६५५ पीसीआर गर्दा १ हजार ६०२ जनामा र ४ हजार ४१८ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९२४ गरी कुल ११ हजार ७३ जनाको नमुना परीक्षण भएकोमा २ हजार ५२६ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ ।आइसीयूमा २ सय ४३ जना भेन्टीलेटरमा ५१ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *