पछिल्लो चौबिस घण्टामा ५,५८३ जना संक्रमित थपिए, ८,२६७ जना निको भए
काठमाडौँ, १८ माघ। पछिल्लो चौबिस घण्टामा देशभर ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन गरी १७ हजार ६७४ वटा नमुना परीक्षण गर्दा ५ हजार २९२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ रहेको छन् ।आइसीयूमा २ सय ७९ जना भेन्टीलेटरमा ५० जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]