चौबिस घण्टामा ५,२९२ जना संक्रमित थपिए, ८,१९१ जना निको भए

काठमाडौँ, १७ माघ। पछिल्लो चौबिस घण्टामा देशभर ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन गरी १६ हजार ८८ वटा नमुना परीक्षण गर्दा ५ हजार २९२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २७१ रहेको छन् ।आइसीयूमा २ सय ८८ जना भेन्टीलेटरमा ५० जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *