चौबिस घण्टामा थप ३५४० जनामा कोरोना संक्रमण, चार दिनमा ३२ जनाको मृत्यु

काठमाडौँ, १६ माघ। पछिल्लो चौबिस घण्टामा देशभर ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ६ हजार ३५९जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १३ माघ यताको ४ दिनमा कोभिड = १९ को संक्रमणबाट ३२ जनाले ज्यान गुमाएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी १३ हजार १४५ वटा नमुना परीक्षण गर्दा ४९१ एन्टीजेन सहित कुल ३ हजार ५४० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयकी प्रवक्ता डा संगिता मिश्राले गत साताको तुलनामा यो साता संक्रमण दर ४ प्रतिशतले कमी भएपनि साताभरको संक्रमणदर ४० प्रतिशत माथिनै रहेको बताइन । उनले आजको संक्रमणदर भने ३० ं८ प्रतिशत रहेको उल्लेख गरिन ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *