चौबिस घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु


काठमाडौँ, १४ माघ। पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी १९ हजार ८७९ वटा नमुना परीक्षण गर्दा ६ हजार ८२७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ रहेको छन् ।आइसीयूमा २ सय ५६ जना भेन्टीलेटरमा ४५ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *