चौबिस घण्टामा थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु
काठमाडौँ, १३ माघ। पछिल्लो चौबिस घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा ८ हजार १७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
जसमा उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ४०२ , भक्तपुरमा २२० र ललितपुरमा ५२१ गरी काठमाडौँ उपत्यकामा ३ हजार १४३ जना थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छन् ।आइसीयूमा २ सय ५७ जना भेन्टीलेटरमा ४९ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]