बुधबार थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
काठमाडौँ, १२ माघ। पछिल्लो चौबिस घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बुधबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी २० हजार ३५९ वटा नमुना परीक्षण गर्दा ८ हजार ४५४ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]