चौबिस घण्टामा थप १२ हजार ८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ, ११ माघ। पछिल्लो चौबिस घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी २५ हजार ९०९ वटा नमुना परीक्षण गर्दा १२ हजार ८ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमा उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४ हजार ८७५ , भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ गरी काठमाडौँ उपत्यकामा ६ हजार १७२ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ रहेको छन् ।आइसीयूमा २ सय ४५ जना भेन्टीलेटरमा ४४ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *