चौबिस घण्टामा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, १० माघ। पछिल्लो चौबिस घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी २१ हजार २०१ वटा नमुना परीक्षण गर्दा १० हजार ३१९ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमा उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३ हजार ६३४ , भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ गरी काठमाडौँ उपत्यकामा ४ हजार ६७६ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको छन् ।आइसीयूमा २ सय ३८ जना भेन्टीलेटरमा ४३ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *