चौबिस घण्टामा थप ६,४६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

 

काठमाडौँ, ९ माघ। पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमा उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ८६८ , भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ गरी काठमाडौँ उपत्यकामा ३ हजार ७९१ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० रहेको छन् ।आइसीयूमा २ सय १५ जना भेन्टीलेटरमा ४० जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ । ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *