चौबिस घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौँ, ८ माघ। पछिल्लो चौबिस घण्टामा देशभर १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ७०८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पीसीआर र एन्टीजेन गरी २० हजार १८७ वटा नमुना परीक्षण गर्दा १० हजार २५४ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमा उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३ हजार ७६२ , भक्तपुरमा ४ सय ३४ र ललितपुरमा १ हजार ११० गरी काठमाडौँ उपत्यकामा ४ हजार ९ सय ५० जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छन् ।आइसीयूमा २ सय १० जना भेन्टीलेटरमा ३७ जना संक्रमति उपचाररत छन् ।

त्यस्तै आज कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *