स्वास्थ्य मन्त्री खतिवडा जोगिए, संगै अनुगमनमा निस्केका टोली सदस्यमा कोरोना संक्रमण

856
Shares

काठमाडौँ, ६ माघ । गत साता प्रदेशको अनुगमनमा निस्केको स्वास्थ्य मन्त्री विरोध खतिवडाको टोली कोरोना संक्रमणमा परेको छ । यद्धपी मन्त्री खतिवडामा भने संक्रमण देखिएको छैन् ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रीसंगै अनुगमनमा निस्केको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा संगिता मिश्रा, स्वकीय सचिव माधव तिमल्सेना, अर्का सदस्य सुरज थापा पनि संक्रमणमा परेका छन् । सोही टोलीमा संगै रहेको चालक तथा सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको बताइएको छ ।

यता भ्रमणमा नस्किए पनि स्वास्थ्य मन्त्री खतिवडाका निजी सचिव मधु मिजार पनि तीन दिन देखि संक्रमित भएर होम आइसोलेसनमा बसेको बताएका छन् ।

सो टोली गत साता प्रदेश नं १, जनकपुर र बागमती प्रदेशका कतिपय जिल्लाको स्थलगत अनुगमन गर्न निस्केको थियो ।

‘स्वास्थ्य मन्त्री खतिवडालाई पनि रुघा खोकीको समस्या देखिएको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । तर उहाँ आइसोलेट भएरै बस्नु भएको छ,’ निजी सचिव मधु मिजारले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *