बैतडीमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

76
Shares

बैतडी, ९ कात्तिक । आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो। खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ।

खोप अभियानअन्तर्गत आज र भोलि पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए ।

यस्तै कात्तिक १० र ११ गते शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप लगाइनेछ। यस्तै, कात्तिक ११ र १२ गते पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ। कात्तिक १४ र १५ गते सिगास गाउँपालिका र डिलासैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रत्येक वडाका खोप केन्द्रमार्फत खोप लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अपनाउन सबैमा आग्रह गरिएको छ। खोप लगाउन जाँदा भेरोसेल खोपको पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा लैजान भनिएको छ। बैतडीमा हालसम्म ६१ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको छ। कोरोनाकै कारण यहाँ एक स्वास्थ्यकर्मीसहित १८ जनाको ज्यान गइसकेको छ ।

रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *