उच्च रक्तचापलाई नियन्त्रणमा राख्न के गर्ने ?

सर्वप्रथम उच्चरक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ ।

डा. ओममुर्ति अनिल

स्वस्थ जीवनशैली कसरी अपनाउने ?  

  • यदि तपाँई धूमपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ ।
  • यदि तपाँईमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ ।
  • यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ ।
  • यदि तपाईँमा मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।
  • यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात नुन कम खानुपर्छ ।
  • उच्चरक्त चाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्को उपाय तपाईँमा मानसिक तनाव छ भने तनाव कम गर्नुपर्छ ।

अन्य उपायहरु पोटासियमयुक्त खाना धेरै खानुपर्छ : पोटासियम(k+) बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । साईट्रस फ्रुट्स जस्तै सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ ।केरा र अन्य ताजा फलफुलमा पनि पोटासियम बढी पाइन्छ ।

ताजा फलफूल नियमित खानुपर्छ : ताजा फलफुलमा पाईने भिटामिन, मिनेरल्स र फाइवरले मुटुलाई स्वस्थ् राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ ।

प्रशस्त हरियो सागसब्जी खानुपर्छ : प्रतिदिन नियमित २,३ चोटि हरियो सागसब्जी खानुपर्छ ।

माछाको प्रयोग फाइदाजनक मानिन्छ : हप्तामा दुई पटक माछा खाँदा राम्रो हुन्छ ।

रक्तचापको नियन्त्रणले असामयिक मृत्युबाट बचाउँछ  :- उच्च रक्तचापको नियन्त्रण जरुरी हुन्छ । रक्तचाप जति कम हुन्छ त्यति नै राम्रो मानिन्छ । यदि तपाईँ औषधि खाईराख्नु भएको छ भने रक्तचाप झन नियन्त्रणमा हुनुपर्छ । जुनसुकै बेला रक्तचाप १४०/९० हुनुपर्छ ।रक्तचाप १२०/ ८० भन्दा कम भएमा भने राम्रो हुन्छ । कतिपय विरामीहरुको रक्तचाप औषधि खाएर पनि नियन्त्रण नभएको देखिन्छ । त्यस्तो अवस्थामा औषधिको मात्रा बढाएर रक्तचापको नियन्त्रण गर्नुपर्छ । जीवनशैलीमा थप परिवर्तन गर्नु पनि उत्तिकै जरुरी हुन्छ । मुटुरोगीहरुको रक्तचापको नियन्त्रण त झन राम्रो हुनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *