आज काठमाडौँमा ६८०१३ जनाले लगाए भेरोसेलको दोस्रो डोज

32
Shares

काठमाडौँ, २२ साउन । झण्डै एक महिना अघि पहिलो डोज कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई आज देखि दोस्रो डोज दिन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले आज पहिलो दिन जिल्लाभर ६८ हजार १३ जनाले दोस्रो डोज भेरोसेल लगाएको उल्लेख गरेको छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले पहिलो डोज लगाउने १ लाख ६५ हजारमध्ये आज ६८ हजार १३ जना अर्थात ४१.२२ प्रतिशतले खोप लगाएको बताए ।

स्वास्थ्य कार्यालयले आगामी २४ साउनसम्म जिल्लाभर भेरोसेलको दोस्रो मात्रा खोप लगाइने बताएको छ ।

दोस्रो खोप लगाउनका लागि पहिलो खोप लगाउँदाको खोप कार्ड र विद्युतीय दर्ता नम्बर सहित खोप केन्द्रमा उपस्थित हुन स्वास्थ्य प्रमुख खड्काले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *