संघीय दाँत तथा मुख रोग सम्वन्धी छुट्टै अस्पताल बनाउन सुझाव

काठमाडौँ, २८ असार । दन्त विशेषज्ञहरुले दाँत तथा मुख रोग सम्बन्धी छुट्टै संघीय अस्पताल स्थापना गर्नुपर्ने बताएका छन् । उनीहरुले संघीयताको मर्मलाई आत्मसात गर्दे सकेसम्म दाङ, हेटौडा वा काठमाडौंमा यस्तो खालको अस्पताल स्थापना गर्न सुझाव समेत दिएका छन् ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा अन्तरगर्तको आँखा,नाक,कान,घाँटी तथा मुख स्वास्थ्य शाखाले आयोजना गरेको संघीय दाँत तथा मुख रोग अस्पताल स्थापना सम्वन्धी कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरुले देशमा अहिलेसम्म दाँत तथा मुख रोग सम्बन्धी छुट्टै अस्पताल नभएको र यतिवेला त्यो आवश्यक रहेको भन्दै यस्तो सुझाव दिएका हुन् ।

सो गोष्ठीमा अस्पताल सम्वन्धी मस्यौदा समेत प्रस्तुत भएको थियो ।

मस्यौदामा संघीय दन्त अस्पताल कम्तीमा १ सय डेन्टल चियर र प्रादेशिक दन्त अस्पताल ५० डेण्टल चियर भएको दाँत तथा मुख रोग अस्पताल खोल्न सुझाव दिएको महाशाखा अन्तरगर्तको आँखा,नाक,कान,घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकीले बताए ।

उनले मस्यौदामा यस्तै रोगको गाम्भिर्यता अनुसार जनशक्ति विशेषज्ञ सेवा,ओरल हाईजिन ईकाई,दन्त ल्याब लगायतका विभाग,जनशक्ति,सर्पाेटिभ जनशक्तिसहित प्रमुख तथा सर्वसाधारणका लागि विशेषज्ञ सेवा दिन अस्पताल खोलिनपर्ने निष्कर्ष निकालेको जानकारी दिए । यस्तै उनले मस्यौदामा अस्पतालले रोकथाम,उपचारात्मक,पुनस्र्थापना,प्रमासक सबै दन्त सेवा एकै छानाबाट दिनपर्ने बताएको समेत उल्लेख गरे ।

महाशाखाको आर्थिक बर्षको स्विकृत कार्यक्रम र प्राविधिक कार्य समुहको सुझाव अनुसार काठमाडौँ उपत्यका सहित दाङ, पोखरा र चितवनमा समेत सम्भाव्यता अध्ययन गरिएको थियो ।

कार्यशाला गोष्ठीमा कार्यक्रमको माईलस्टोन,जानकारी तथा उदेश्यका बारेमा शाखा प्रमुख डा. बुढाथोकी र मस्यौदाका बारेमा परामर्शदाता प्रा.डा. शैली प्रधानले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले यो दिन ऐतिहासिक बन्न सकोस भन्ने शुभकामना दिएका थिए । उनले अस्पताल स्वतन्त्र भएपनि स्वास्थ्यका अन्य विधाहरुसंग एकिकृत गर्दे लानपर्नेमा जोड दिएका थिए । महाशाखा निर्देशक डा. पवनजड्ड रायमाझीले एकिकृत हुन नसकेको तथा ओझेलमा परेको यस दाँत तथा मुख सेवा स्वास्थ्यका तल्ला तहदेखी नै शुरु गर्दे संघीय अस्पताल एक रिफरल अस्पताल बन्ने गरी निचोड निकाल्न सुझाव दिए ।

कार्यशाला गोष्ठीमा नेपालगन्ज,कान्तिपुर,किष्ट,काठमाण्डौ,नेपाल,पीपल्स डेन्टल कलेज,न्याम्स,पाटन,पोखरा प्रतिष्ठान,निजी डेण्टल अस्पताल तथा सैनिक, सशस्त्र,प्रहरी, वीर,लुम्बिनी, वीरगञ्ज,भरतपुर,भक्तपुर लगायतका अस्पतालमा कार्यरत ३० जना कन्सल्टेण्ट दन्त चिकित्सकहरु र सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रममा ३ वटा कार्यपत्र प्रस्तुतका साथै ३ समुह विभाजन गरी टिप्पणी प्रस्तुत गरिएको थियो । त्यसमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा. ज्योत्सना रिमाल,कान्तिपुर डेण्टल कलेजका प्रा.डा. रबिन्द्रमान श्रेष्ठ र नेसनल डेण्टल हस्पिटलका डा. अनारकली पीयाले पुन छलफल गरी मस्यौदालाई अन्तिम रुप दिनुपर्ने बताएका थिए ।

प्राविधिक कार्य समूहको विज्ञहरुमा पूव स्वास्थ्य सचिव प्रा.डा. प्रविण मिश्र, डा सुशील कोइराला र प्राडा शुरजराम भक्त माथेमा थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *