कोरोनाको ‘नेपाल भेरियन्ट’ अहिलेसम्म छैन : स्वास्थ्य प्रवक्ता डा. पौडेल

412
Shares

काठमाडौँ, २० जेठ । सरकारले कोरोनाको नेपाल भेरियन्ट अहिलेसम्म पुष्टि नभएको बताएको छ । आज विहानै बेलायतबाट प्रकाशित हुने डेलिमेल र टेलिग्राफ लगायतका न्युज पोर्टलमा बैज्ञानिकहरुलाई उदृत गर्दै नेपाल भेरियन्ट देखा परेको उल्लेख गरेका थिए ।

समाचारहरुमा नेपाल भेरियन्ट निकै कडा भएको भन्दै त्यसले युरोपमा समेत निकै क्षति पुरयाउने बताएका थिए । उनीहरुले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई त्यसबारेमा ध्यानाकर्षण गराएको समेत उल्लेख गरेका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले समाचारमा आएजस्तो नेपाल भेरियन्ट अहिलेसम्म नदेखिएको बताए । उनले समाचारमा आए जस्तो बेलायतमा नेपालको भेरियन्ट भेटिएको भए जानकारी दिन त्यहाँको अन्तराष्टिय स्वास्थ्य हेर्ने निकायलाई इमेल गरिएको समेत जानकारी दिए ।

यसैबीच विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयले ट्वीट गर्दै नेपालमा नयाँ भेरियन्ट नदेखिएको स्पष्ट पारेको छ । उसले अहिलेसम्म अल्फा, डेल्टा र कप्पा  भेरियन्ट मात्रै नेपालमा भेटिएको स्पष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *