कोभिसिल्ड खोपको दोस्रो डोज अब १६ हप्ता भित्र
काठमाडौँ, १० जेठ । सरकारले ६५ बर्ष माथिका नागरिकलाई दिएको कोभिडबिरुद्धको खोप कोभिसिल्डको दोस्रो डोज दिने अवधी बढाएको छ । नयाँ अवधी अनुसार अब कोभिसिल्डको पहिलो डोज लगाएका नागरिकलले दोस्रैो डोज १६ हप्ता भित्र लगाइने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेका पत्रकार सम्मेलनमा प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले भारतले पठाएको नयाँ गाइडलाइन अनुसार अब १२ देखि १६ हप्तासम्ममा दोस्रो डोज लगाउन सकिने भएको र सोही अनुसार नेपालले तयारी गरेको बताए ।
यसअघि सरकारले कोभिसिल्डको दोस्रो डोज ८ देखि १२ हप्ता भित्र लगाउन पर्ने भनिएको थियो । ६५ बर्ष माथिकालाई कोभिसिल्ड लगाउन शुरु गरिएको आगामी २३ जेठमा १२ हप्ता पुग्दैछ । अहिले उनीहरुका लागि खोप लगाउन थप खोप आएको पनि छैन् ।
सेरमले यो बर्ष आफूहरुले देशबाहिर खोप पठाउन नसक्ने बताइसकेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

