यो महामारीमा स्वास्थ्यका थप जनशक्ति कहाँबाट ल्याउने ? गगन थापाले दिए तीन सुझाव

काठमाडौँ, २२ बैशाख । पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांगेस्रका नेता गगन थापाले कोभिड महामारीका बेला स्वास्थ्य जनशक्ति कसरी प्रभावकारी रुपमा परिचालन गर्ने भन्ने बारेमा सरकारलाई तीन सुझाव दिएका छन् ।

स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शैया मात्रै होइन बरु जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्दै यसलाई राम्ररी परिचालन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

सामाजिक सञ्जालमा उनले प्रस्तुत गरेको सुझाव यस्तो छ :

स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शैय्या मात्रै होइन, जनशक्ति सवैभन्दा महत्वपूर्ण पक्ष हो। धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन सकेको छैन। यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न स्वास्थ्यकर्मी तयार छन, गरिरहेका छन। त्यसका लागि तत्काल देहाय बमोजिमको व्यवस्था गर्न म सरकारसंग विनम्र आग्रह गर्दछु।

१.) अत्यन्त अफ्ठ्यारोमा पनि दिनरात नभनि स्वास्थ्यकर्मीहरू २४ सै खटिरहेका छन। अहिले अग्रभागमा लडिरहेका जनशक्तिलाई सुरक्षा र प्रोत्साहन सुविधा उपलव्ध गराउने कुरामा कुनै कन्जुस्याई नगरौं। निजी स्वास्थ्य संथामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गरौं।

२.) थप जनशक्तिका सन्दर्भमा अहिले करार वा दैनिक ज्यालादारी काम गर्न आउनुहोस भनेर मन्त्रालय र अन्तर्गतका निकायले सूचना निकालेर मात्र हुँदैन। सुरक्षा र प्रोत्साहनको प्याकेज बनाऔं र आव्ह्वान गरौं।

यसका लागि,

क) हाल झण्डै ५ हजार योग्य चिकित्सक पीजी को तयारी गरिरहेका छन्। परीक्षा कहिले हुन्छ भन्ने ठेगान नहुँदा उनीहरू अलमलमा छन्। परीक्षाको तालिका केही महिना पछि सारेर परीक्षाको तयारीका लागि पछि निश्चित समय दिने हो भने त्यो जनशक्तिलाई कोरोना महामारी रोकथाममा परिचालन गर्न सकिन्छ। यसरी जोखिममा काम गर्नेलाई पीजीमा कार्य अनुभवको थप अंक पाउने गरी नियममा विशेष व्यवस्था गरौं।
ख) एकातर्फ लामो समयदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरवन्दी पुनरावलोकन हुन सकेको छैन। अर्कोतर्फ सरकारी सेवामा आकर्षण घट्दै गएको छ। यस अवस्थामा सरकारी दरवन्दीको पुनरावलोकन गर्ने, सेवा सुविधा र प्रोत्साहनको प्याकेज बनाउने साथै सरकारी सेवामा प्रवेश गर्न चाहाने चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा अहिले महामारी र जोखिममा काम गरेमा विशेष ग्राह्यता दिने संयन्त्र र कानूनी व्यवस्था गरौं।

ग) हाम्रो स्वास्थ्य प्रणालीमा लामो समय काम गरेर निवृत्व भई बसेका, अध्ययन सकेर रोजगारीको पर्खाइमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको योग्यता र अनुभवलाई संकटमा परिचालन गर्न प्याकेज बनाऔँ । त्यस्ता जनशक्तिलाई राष्ट्रिय पुलमा समावेश गरी अभाव भएको स्थानमा सही तरिकाले परिचालन गरौं।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *