आइओएमकी डीन प्राडा दिव्यासिंह शाहलाई कोरोना संक्रमण

काठमाडौँ, १० असोज ।  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)का डीन प्राडा दिव्यासिंह शाहलाई कोरोना भाइरस (कोभिड – १९) पोजेटिभ देखिएको छ । शुक्रबार आरटी पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

विगत दुई तीन दिन देखि ज्वरो आउने, खोकी लाग्ने भएपछि शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा शाहले बताइन । ‘दुई तीन दिन अघि देखि ज्वरो आउने, खोकी लाग्ने भइरहेको थियो । त्यसपछि पीसीआर परीक्षण गराएको थिएँ रिपोर्ट पोजेटिभ आयो,’ उनले भनिन् ।

प्राडा शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत हुन् । तर पछिल्ला दिनमा प्रधानमन्त्रीसंग प्रत्यक्ष भेट गर्न नगएको उनी बताउँछिन् ।

‘म बाहिर धेरै एक्सपोजर हुनुपर्छ । त्यसैले म बालुवाटार गएकी छैन्,’ उनले भनिन् । तर त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीलाई भने उनले भेटेकी छन् । गत मंगलबार डा केसीलाई भेट गर्न गएको उनले सुनाइन् । ‘यस्तो होला भन्ने थाह भएन, तर सबै प्रिकसन त पुरयाएँको थिएँ,’ उनले भनिन् ।

यसअघि दुई तीन पटक संक्रमितसंग चिकित्सक संग एक्सपोजर हुँदा उनी जोगिएकी थिइन । यसपटक भने शुरुमै लक्षण देखा परेको छ । ‘लक्षण देखा परेपछि पीसीआर चेक गराएकी हुँ तर अहिलेसम्म स्वास्थ्य अवस्था जटिल छेन् । घरमै छु । गाह्रो भयो भने अस्पताल जानु पर्ला,’ उनले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *