गण्डकी प्रदेशमा थपिए ३३ जना कोरोना संक्रमित


पोखरा, २८ भदौ । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ६ जिल्ला कास्कीको पोखरा महानगरपालिकाका ४ जना, तनहुँका ५ जना, लमुङकाका १० जना र नवलपरासीका ६ जना, स्याङ्जाका १ जना, र गोरखाका ७ जना छन् ।

सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९६८ पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *