ललितपुरका अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौँ, २७ भदौ । ललितपुरका २ अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना गरी थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा २ जना भक्तपुरका र १ जना काठमाडौँका हुन् ।

पाटन अस्पतालमा उपचाररत काठमाडौँ निवासी ५१ वर्षीय पुरुषको आज बिहान २ बजे मृत्यु भएको हो । भदौ १९ गतेदेखि उनी अस्पतालमा उपचाररत थिए ।

त्यसैगरी अर्का भक्तपुरका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको गएराति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।उनी भदौ १७ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

त्यसैगरी ललितपुरकै मेघा अस्पतालमा उपचाररत भक्तपुर निवासी ३८ वर्षीय पुरुष भदौ २६ गते (हिजो ) मात्रै अस्पतालमा भर्ना भएका थिए । उनको पनि आज बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *