चार संघीय अस्पतालका मेसु र मेट्रोन परिवर्तन
काठमाडौँ, २६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय कारागार अस्पताल प्रमुखको जिम्मेवारी डा श्रीराम तिवारीलाई दिएको छ । बुधबारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट डा तिवारीलाई सो जिम्मेवारी दिइएको हो ।
डा तिवारी भरतपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन थिए । उनको ठाँउमा भेरी अस्पतालमा कार्यरत डा राजन पाण्डेलाई पठाइएको छ ।
यस्तै नेपालगञ्जस्थित सुशील कोइराला प्रखर अस्पतालको निर्देशक पदमा डा कृष्ण आचार्यलाई नियुक्त गरिएको छ । यसअघि त्यहाँ निर्देशकको जिम्मेवारीमा रहेका वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा विश्वराज पौडेलको काज फिर्ता गरिएको मन्त्रालयका सहसचिव रघुराम विष्टले जानकारी दिए ।
यस्तै उनले कान्ति बाल अस्पतालको मेट्रोन पदमा कविता पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको समेत जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]