गोरखामा थपिए १० जना कोरोना संक्रमित
कास्की, २३ भदौ । गण्डकी प्रदेशको गोरखा जिल्लामा थप १० जना कोरोना भाइरस (कोभिड – १९) का संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशामा गरिएको नमुना परिक्षणमा गोरखाका थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जसमा २ महिला र ८ जना पुरुष छन् ।
उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । साथै गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमणको संकास्पद व्यक्तिहरुले आफ्नो नमुना परिक्षणका लागि स्वाब संकलन गरेपछि त्यसको रिपोर्ट नआउन्जेलसम्म घरमै बसिदिन पनि अनुरोध गरेको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६६० पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
सम्पर्क इमेल : [email protected]