देशभर थपिए ८८५ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३४ हजार ४१८
काठमाडौँ, १० भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार २५३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ८८५ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ३८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ५०४ सय पुगेको छ ।
देशभरका क्वारेनटिनमा ९ हजार ८३२ जना रहेका छन् । होम क्यारेनटिनमा ६ हजार २२८ रहेका छन् । आइसीयूमा १५१ जना उपचाररत छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।
सम्पर्क इमेल : [email protected]