वीरगञ्जमा थप ४३ जनामा कोरोना संक्रमण

पर्सा, २२ साउन । वीरगञ्जमा थप ४३ जनामा कोराना भाइरस ( कोभिड – १९)को संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको बुधबार राती आएको रिपोर्ट अनुसार पर्साका ४१ जना र बाराका २ जना गरी कुल ४३ जनामा संक्रमण देखिएको हो ।

नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायका अनुसार संक्रमितहरुमा ६ जना महिला र ३७ जना पुरुष छन् । त्यसमध्ये एक जना चिकित्सक, एक जना बैंक कर्मचारी, एक जना मिर्गौलाको डायलासिस गरिरहेको बिरामी रहेका छन् । यस्तै १० जना नेपाली सेनाको स्टाफ, २ जना नारायणी अस्पतालकै कार्यालय सहयोगी रहेको समेत डा उपाध्यायले बताए ।

पछिल्लो समय बारा पर्सा लगायतका तराईँका जिल्लामा संक्रमणले तिब्रता लिएको छ । ती स्थानमा ठूलो संख्यामा स्वास्थ्यकर्मीसमेत संक्रमणमा पर्दा स्वास्थ्य सेवा समेत प्रभावित हुने सम्भावना बढेको छ । डा उपाध्यायले पर्सा लगायतका जिल्लाहरुमा संक्रमण समुदायस्तरमा गएको भन्दै संक्रमणले तिब्रता पाएको बताए ।

संक्रमण बढ्दो देखिएपछि स्थानीय प्रशासनले पर्सामा पुन लकडाउन गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *