काठमाडौँ उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण

4
Share


काठमाडौँ, १९ साउन । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँका ४३ जना, ललितपुरका ३ जना र भक्तपुरका ५ जना गरी कुल ५१ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित कोरानो ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौँका ८ जना र भक्तपुरका १ जनामा संक्रमण देखिएको छ ।

टेकु अस्पताल प्रयोगशालामा १७ जना, पाटन अस्पतालमा ५ जना, वीरमा २ जना, त्रिवि शिक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै प्रहरी अस्पतालमा २ जना, स्टार अस्पतालमा ५ जना र वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौँका ३ जना गरी ४३ जनामा संक्रमण देखिएके हो ।

यस्तै पाटन अस्पतालमा ललितपुरका २ जना र स्टार अस्पतालमा ललितपुरका १ जना संंक्रमित छन् । यस्तै पाटनमा परीक्षण गर्दा भक्तपुरका ५ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

आज देशभरका प्रयोगशालामाहरुमा कुल ४१८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रवक्ता डा गौतमले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *