मणिपाल टिचिङ अस्पतालमा चिकित्सकलाई देखियो कोरोना

पोखरा, १२ साउन । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका आवासीय चिकित्सकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

एमडी पहिलो वर्षमा अध्ययनरत मेडिकल वार्डमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण देखिएको हो ।

उनको आइतबार स्वाब संकलन गरेर क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका लागि पठाइएको थियो। सोमबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित डाक्टरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोद विन्दु शर्माले संक्रमण देखिएपछि एक कन्ट्याक्ट ट्रेसिङको लागि टोली परिचालन भइसकेको बताए ।

निर्देशनालयले पोखरामा एक जना पुरुष र एक जना महिला गरी दुई जनामा संक्रमण देखिएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *