काठमाडौँ उपत्यकामा थपिए १० जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ , ९ साउन । काठमाडौँ उपत्यकामा आज थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा १० जना संक्रमित थपिएको जानकारी दिए।

उनले अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको नमुना परीक्षणमा काठमाडौँका ५ जना र त्रिवि शिक्षण अस्पताल महारागञ्जमा ५ जनामा संक्रमण देखिएको बताए ।

यो सँगै देशभर संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *