कोरोनामा १० अर्व खर्च : मन्त्रीपरिषद्को ताकेता पछि स्वास्थ्यले माग्यो २२ निकायसंग खर्च विवरण

काठमाडौँ, १ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रणका लागि कार्यरत २२ वटा संस्थासंग हालसम्म भएगरेका खर्चको विवरण मागेको छ ।

कोरोना नियन्त्रणमा १० अर्ब खर्च भएको भन्ने विषयमा संसदको सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको भन्दै स्वास्थ्यले आफ्ना मातहतका निकायलाई २ असार अपरान्ह ४बजे भित्र विवरण पठाउन भन्दै ताकेता गरेको छ ।

पत्रमा ‘यस मन्त्रालयबाट निकासा भएको रकममध्ये तहाँ र अन्तरगत निकायबाट सो रकम के कसरी कुन कुन कृयाकलापमा खर्च भएको हो सो को औचित्य र त्यसलाई पुष्टि गर्ने प्रमाणित कागजातहरु उपलव्ध गराउनु’ भनिएको छ ।

त्यसो त लेखासमितिको चासो राखेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले ३२ जेठ (हिजो)मा स्वास्थ्यलाई पत्र पठाउँदै कोरोना नियन्त्रणमा त्यस मन्त्रालयबाट के कति कहाँ खर्च भयो भनेर सोधेको थियो । सो पत्रपछि मन्त्रालयले आफ्ना मातहतका निकायलाई तीन दिनको अवधी राखेर निर्देशात्मक पत्र पठाएको हो ।

विवरण मागिएका कार्यालयहरुमा स्वास्थ्य सेवा विभाग टेकु, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग टेकु, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, पाटन स्वास्थ्य विज्ञान ललितपुर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, कान्ति बाल अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु रहेका छन् ।

यस्तै कोशी अस्पताल विराटनगर, गजेन्द्रनारायण सिंह अस्पताल सप्तरी, नारायणी अस्पताल विरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल नेपालगञ्ज बाँके रहेका छन् ।

यसैगरी डडेल्धुरा अस्पताल डडेल्धुरा, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, धुलिखेल अस्पताल काभ्रे र निजामति अस्पताल नयाँ बानेश्वर काठमाडौँ रहेका छन् ।

यसअघि शनिबार ( अस्ति ) मात्रै अर्थमन्त्रालयले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म आठ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको थियो ।

अर्थले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपैयाँ, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपैयाँ खर्च भएको जनाइएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपैयाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाइएको थियो ।

स्वास्थ्यले २२ वटा निकायलाई पठाएको पत्र यस्तो छ  : 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *