मेरो रोजाई : इमरजेन्सी मेडिसिन

डा. मनोज गैरे

इमरजेन्सी मेडिकल सिस्टम (ईएमएस) द्रुत गतिमा दक्ष मेडिकल समूहले विरामकिो आकस्मिक उपचार गर्ने विधि हो ।

यो उपचार प्रक्रिया निकै सम्वेदनशील हुने भएकोले छोटो समयमा विरामीको समस्या सुनेर, बुझेर उचित उपचारको विधिको निर्णय लिनु पर्ने हुन्छ । यहाँ गरिने स्वास्थ्यको मूल्यांकन र उपचार विधिले विरामीको भविस्य निर्धारण हुन्छ ।

विभिन्न उमेरका –(बच्चा, जवान, बृद्ध बृद्धा)ले विभिन्न प्रकारका रोगहरु लिएर आउने एउटै गन्तव्य हो आकस्मिक कक्ष । त्यसैले यहाँ उपचार गर्ने चिकित्सक, नर्स तथा प्यारामेडिक्सहरुलाई सबै उमेर र उमेर अनुसारका रोगहरको बारेमा विस्तृत जानकारी सहित उचित उपचार विधि जान्न जरुरी छ । छोटो समयमा रोगको लक्षण बुझेर आधुनिक प्रविधिको मद्धतले रोग पहिचान गरेर उपचारका विधिको निर्णय यहि आकस्मिक कक्षमा हुन्छ ।

सबै विभागका जस्तै मेडिकल, सर्जिकल , आमा तथा शिशु, ट्रमा, मानसिक, छाला, पुलिस केश, दुर्घटनाका केश आदिको बारेमा विस्तृत जानकारी गराउन विशेषज्ञ तहको शिक्षा एमडी इमरजेन्सी मेडिसिन एण्ड जनरल प्राक्टिस नेपालमा पनि पढाई हुन्छ । छिटो र छोटो समयमा विरामीको ज्यान बचाउनका लागि विशेष तालिम दिइन्छ । विरामीहरु सामान्य अवसथमा इमरजेन्सी विभागमा आउँदैनन् । त्यसैले उनीहरुको समस्यालाई गम्भीरताका साथ लिएर सहि र छिटो उपचारमा लाग्न जरुरी छ । हामी आफैमा ज्ञानले भरिपूर्ण ढुक्क भएर रोगको किसिम पत्ता लगाउन सक्नु पर्छ ।

नम्र बोली, सहनसिलता, लचकता, मिलनसार, मुखमा मुस्कान, भरिपूर्ण ज्ञान जस्ता चरित्र आकस्मिक डाक्टरमा हुन जरुरी छ । रुघाखोकी, ज्वरो देखि ठूला ठूला चोट, अध्याधिक रक्तश्राव, हृदयघात, मस्तिस्कघात, मृगी, मुटुको गति नचल्ने, सास बन्द हुने, डेंगु, तथा अहिले आएर कोभिड – १९ जस्ता जटिल अवस्थालाई व्यवस्थापन गर्न चिकित्सकमा ज्ञान दक्षता धैर्यता र लगनशीलता हुन जरुरी छ ।

उपचारमा सम्लग्न मेडिकल टोलीलाई बिरामी र तिनको अभिभावकको सहयोग जरुरी छ ।

बिरामीका आफन्तहरुले पनि धैर्यता, मिठो बोली र सहयोगी कदम अपनाउनु भयो भने उपचार प्रक्रिया छिटो हुन सक्छ । कतिपय रोगहरु छिटो समयमा पत्ता नलाग्न पनि सक्छ र कुनै रोगहरु उपचार गर्दा गर्दै अवस्था बिग्रेरमृत्यु पनि हुनसक्छ । यस्तो अवस्थामा परिस्थिति बुझेर धैर्यता र इमान्दारिता हुन जरुरी छ ।

अब अलिकति  म अध्ययनरत मेडिकल कलेजको कुरा

हामी सक्षम छौँ माइनर ओटी सहितको इमरजेन्सी कक्ष चलाउन ।  जी ओपीडी, अवजरभेसन वार्ड डिपार्टमेन्ट अफ जनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिनले चलाउछ ।

इमरजेन्सी विशेषज्ञ चिकित्सक,आवासीय चिकित्सक , मेडिकल अधिकृत, नर्स, प्यारामेडिक्सहरुबाट चौविसै घण्टा यस कक्षबाट दैनिक एक सय भन्दा बढी विरामीको उपचार भइरहेको छ । त्यसैगरी प्रत्येक विभागमा विशेषज्ञ चिकित्सक, आवासीय चिकित्सकको समूहबाट पनि चौविसै घण्टा सेवा उपलव्ध छ ।

कोभिड – १९ को महामारीमा पनि डाक्टरहरु पीपीईको प्रयोग र आवश्यक सावधानी अपनाएर चौविसै घण्टा विरामीको उपचारमा समर्पित हुनुहुन्छ । यस अस्पतालका रेडियोलोजी, प्याथोलोजी आइसियू, सिसियू, एनआईसीयू, डायलासिस, प्रसूति, क्याथ ल्याव जस्ता विभागले निरन्तर सहयोग गर्दा हामी इमरजेन्सी विभागका चिकित्सकलाई उपचार गर्न सजिलो भएको छ ।

  • डा गैरे नेशनल मेडिकल कलेज वीरगञ्जका जीपी इम रेसिडेन्ट हुन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *