कोरोना भाइरसको सन्त्रास र वास्तविकता

चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट शुरु भएको कोरोना भाइरस (कोभिड – १९) ले विश्व इतिहासमा विश्वास गर्नै नसकिने गरी सिर्जना गरेको सन्त्रास, डर र लक डाउनले आधुनिक चिकित्साविज्ञान र वैज्ञानिक उपलब्धिका अगाडि एउटा गम्भीर चुनौति खडा गरेको छ ।

यसले गर्दा मानवजीवनको उपचारपद्धत्ति र जीवनशैलीमा व्यापक परिवर्तन गर्नुपर्ने देखिन्छ । यसै सन्दर्भमा एक सचेत नागरिकको हैसियतले यस किसिमको कोरोनासँग जोडिएका गम्भीर सन्दर्भका कटुसत्यका बारेमा विवेचना गर्नु र यथार्थमा पुग्नु जरुरी देखिन्छ । ‘कागले कान लग्यो भनेर पछि लाग्ने कि आफ्नो कान छाम्ने’ भन्ने भनाइलाई चरितार्थ गर्नु आवश्यक छ ।

पृथ्वीमा मानवजीवनको उत्पत्तिसँगै विभिन्न खाले अनगिन्ती विशाक्त जीवाणु÷परजीवीहरू अस्तित्वमा छन् । हाम्रै शरीरको संरचना हेर्ने हो भने पनि अनगिन्ती जीवाणुहरू रहेका छन् ।

यिनीहरूलाई नजर अन्दाज गर्न मिल्दैन अनि विश्वमा हालसम्म विभिन्न भाइरसका कारण मानवजीवनमा महामारीको रूपमा देखिएका घटनाहरूमा चिकित्साविज्ञानले कुनै पनि आधुनिक औषधि विज्ञान/भ्याक्सीन आविष्कार गरेको छैन, जसले उक्त भाइरसहरूलाई निर्मूल पारेको होस् र रोगनिदान गरेको होस् । यस विरुद्ध सफल हुने अथवा उपचार पाउने भनेको हामीसँग रहेको रोगप्रतिरोधात्मक क्षमता (IMMUNITY) मात्रै अचुक विधि हो । त्यसैले अहिले यो सन्त्रास र लक डाउनबाट मुक्त हुन कुनै आधुनिक औषधि विज्ञान/भ्याक्सीन आविष्कार हुन्छ र यो समस्याको चटक्कै समाधान हुन्छ भन्नु एक भ्रमबाहेक केही हुन सक्दैन ।

कोरोनाको संक्रमणका कारण पृथ्वीमा प्रलय भयो र हुँदैछ, मानवजीवनमा योभन्दा ठूलो चुनौती अरू कुनै हुन सक्दैन भन्दैै जिम्मेवार सञ्चारकेन्द्र, सरकार र विज्ञहरूबाट संसारभर दिन–रात एकोहोरो प्रचारित भइरहेको परिपे्रक्ष्यमा केही वास्तविक तथ्यहरू उजागर गर्नु वाञ्छनीय देखिन्छ ।

  • कोरोनाबाहेकका विभिन्न भाइरसहरू जस्तैः मलेरिया, H1N1, स्वाइन फ्लु, डेङ्गु, एच्.आइ.भी. र क्षयरोगजस्ता डरलाग्दा भाइरसबाट हाल विश्वभर विगत ४ महिनामा लगभग ६२ लाख मान्छेको मृत्यु भइसकेको अवस्था छ । (विश्व स्वास्थ्य संगठनको तथ्याङ्क–अनुसार दैनिक ४६,००० मानिस यस्ता भाइरसबाट मर्छन् ।)
  •  हालसम्म कोरोनासँग सम्बन्धित भई लगभग १ लाग ६० हजार मृत्यु भएका मध्ये करीब ९९% अरू रोगसँग सम्बन्धित, उमेर बढी भएका र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका छन् । इटलीको नेशनल हेल्थ इन्स्टिच्यूट (NHI) ले मार्च २०, २०२० सार्वजनिक गरेको रिपोर्टमा ४८.६% अन्य ३ वटा गम्भीर रोगबाट पीडित, २६.६% अन्य २ वटा रोगबाट ग्रसित र २३.६% अन्य एक रोगबाट गुज्रिरहेका गरी जम्मा ९८.८% र बाँकी १.२% मात्रै कोरोनासँग सम्बन्धित भएकाले पनि पुष्टि गर्दछ । माथि उल्लेखित मृत्यु भएकामध्ये कोरोनाबाट मात्रै मर्ने संख्या ज्यादै न्यून छ ।
  •  बेलायत सरकारले जनवरी १९, २०२० मा कोरोना महामारीलाई हाई कन्सीक्वयन्स सरुवा रोग (HCID) घोषणा गर्दा अमेरिकामा करीब २२ लाख र बेलायतमा ५ लाख मृत्यु हुने अनुमान गरेको थियो तर मार्च २६ मा प्रकाशित न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसीन र २७ मार्चमा रिसर्च पेपर द ल्यान्सेट (LANCET) का अनुसार कोभिड–१९ लाई पुनः एक सामान्य रुघा–खोकीको दर्जामा राखी तदनुरूप ०.१% मृत्युदर भएको पुष्टि भएको छ ।
  • अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल र रोगथाम (CDC) ले फेब्रुअरी १ मा कम्तीमा २ लाखदेखि १७ लाखको मृत्यु हुने भनेर गरेको अनुमान अब आएर सम्भव देखिएन र अमेरिकामा विगत ३ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने रुघा–खोकीबाट संक्रमितको संख्या र हालको संख्यामा त्यस्तो व्यापक फरक देखिन्न । 

 लक डाउन Vs नो लक डाउन :
लक डाउन नै यस महामारीबाट पार पाउने एक अचुक उपाय हो भन्दै यसलाई एक अनिवार्य शर्तका रूपमा परिभाषित गर्दै गर्दा तल उल्लेखित करीब २४ करोड जनसंख्या भएको २१ राष्ट्रको तथ्याङ्कले यसलाई गलत प्रमाणित गरिदिएको छ ।

 

 

लक डाउन नहुँदा यी राष्ट्रहरूमा भएको समूहमा हुने फाइदा (HERD IMMUNITY) वृद्धि र कोरोनालाई सामान्यीकरण गर्नमा मद्दत पुगेकाले पनि सम्भवतः त्यहाँका मानिसमा दृढ मनोवैज्ञानिक आधार/इच्छाशक्तिका कारण रोगप्रतिरोधात्मक क्षमता बढेको पुष्टि हुन्छ । त्यसैले अब लक डाउनको वैकल्पिक रणनीतिका बारेमा सोच्नुपर्ने देखिएको छ ।

डाइग्नोष्टिक किटको वास्तविकता :
कोरोनाको परीक्षण गर्न प्रयोगमा ल्याइएको टेष्ट किट RT-PCR TEST KIT को आजभन्दा ३ दशक अगाडि नै अमेरिकन वैज्ञानिक क्यारी मूल्लीसले अनुसन्धान गरेका र त्यसवापत् १९९३ मा उनी नोवेल पुरस्कारबाट सम्मानित पनि भएका थिए ।

उक्त अनुसन्धानपत्रमा किटसम्बन्धी देखिएको दक्षता त्रुटि (EFFICIENCY ERROR) का कारण डाइग्नोष्टिक टुल हुन सक्दैन तर अनुसन्धानका लागि उपयोगी हुनेछ भनिएको छ । त्यस्तै किट निर्माण गर्ने कम्पनीले आफ्नो रेगुलेटरी स्ट्याटसमा अनुसन्धानका लागि मात्र (FOR RESEARCH USE ONLY)  त्यसको उपयोग हुने स्पष्ट उल्लेख छ । साथै मार्च ६, २०२० मा प्रकाशित ब्रिटिस मेडिकल जर्नलमा यो RT-PCR TEST KIT नै अहिलेको महामारीको जड समास्या भएकाले यसलाई हटाएर अर्को दक्ष एवं त्रुटिरहित विधि अवलम्बन गरेमा मात्रै यसबाट मुक्ति पाउन सकिन्छ ।

अन्त्यमा हालको विश्वको करीब ७ अर्व ७० करोड जनसंख्यामध्ये ६५ करोड जनसंख्या भएका अति विकसित ६ राष्ट्रहरू अमेरिका, बेलायत, इटाली, जर्मनी, फ्रान्स र स्पेनमा मात्र कूल संक्रमितमध्ये करिव ७५% रहेको यथार्थ छ ।

विगतको अभ्यासलाई पनि मध्यनजर गर्दा हाम्रो समाजमा रुघा–खोकी (INFLUEZA LIKE ILLNESS) लाई रोगको मान्यता दिएको पाइँदैन तर यी विकसित राष्ट्रमा यस किसिमको रुघा–खोकी र हस्पिटलमा विगतमा भर्ना भएका संख्यालाई मूल्याङ्कन गर्ने हो भने उनीहरूको जीवनशैलीमा आधुनिक औषधि विज्ञानप्रतिको परनिर्भरताका कारण र चिसो ठाउँ हुनुका साथै प्रकृतिले दिएको प्रशस्त सौर्य ऊर्जा उपभोग नगर्नु पनि महामारीको ज्यादा प्रभाव पर्नुको कारण हुन सक्छ ।

पश्चिमी मुलुकको जीवनपद्धति र आधुनिक चिकित्साविज्ञानको विकासले एलोपेथिक उपचारबाट रोगको निदानभन्दा पनि झन् सन्दिग्ध त बनाएको छैन ? स्वास्थ्यक्षेत्रमा विभिन्न कालखण्डमा स्वास्थ्यसेवा/हस्पिटलहरू अवरुद्व भएका बेला मानवीय स्वास्थ्यमा अपत्यारिलो व्यापक सुधार भएको तथ्याङ्क छ ।

→ बेलायतमा फेब्रुअरी, २०१६ मा ३७,००० डक्टरहरूले हड्ताल गर्दा त्यहाँको मृत्युदर घटेको थियो ।

→ इजरायलमा १९७३–२००० सम्ममा विभिन्न चरणको डक्टरहरूको हड्तालका बेलामा वर्षेनी ५% ले मृत्युदर घटेको थियो ।

→ अमेरिकाको जर्नल अफ मेडिकल एशोसियसनले जुलाई २५, २००० मा ९८,००० मानिस हस्पिटलको गलत उपचारका कारण मरेको तथ्य प्रकाशन ग¥यो । उक्त रिपोर्टमा अमेरिकाको भियतनाम युद्धभन्दा बढी प्रत्येक ६–६ महिनामा हस्पिटलको त्रुटिका कारण मृत्यु हुनेको संख्या अधिकतर रहेको पुष्टि गरेको थियो ।

→ नेपालकै सन्दर्भमा पनि पशुपतिनाथको आर्यघाटमा अरू सामान्य अवस्थामा दैनिक औसत ३०–४० जनाको लास जलाइने तथ्याङ्क छ भने लक डाउन भई हस्पिटलका कोरोनाबाहेकका सेवा अवरुद्ध भएको यो वेला दैनिक १०–१५ वटा लास मात्रै हुनुले प्रश्नचिह्न खडा गरेको छ ।

यस परिप्रेक्ष्यमा हाम्रो पूर्वीय दर्शनअनुरूप हाम्रो समग्र जीवनशैली, जसअन्तर्गत नियमित योग/ध्यानमा भइरहेको क्रान्ति, अति नै प्रभावकारी स्वास्थ्यविधि हास्ययोग अनि आध्यात्मिक चिन्तन, जसले शरीर र मन–मस्तिष्कलाई एकाकार बनाई दृढ इच्छाशक्ति निर्माण गराइराख्नमा मद्दत गर्दछ ।

हाम्रो दैनिक आहार–विहार नै स्वस्थता र रोगको पनि मूल कारण हो । प्राकृतिक रूपमा उपलब्ध फलफूल, सागसब्जी, कागती, प्याज, लसुन, अदुवा, बेसार–लगायतका अति नै महत्त्वपूर्ण हर्बल हाम्रो भान्सामा दैनिक प्रयोगमा आइरहेका छन् । यिनको व्यापक प्रयोग गरी जति पनि एनिमल प्रोडक्टका खाना र फास्ट फुडलाई दुरुत्साहित गर्दै जाने हो भने अवश्य पनि हामी सदा स्वस्थ रहन सक्छौँ ।

कोरोना भाइरस मात्रै हैन, अरू पनि खतरनाक भाइरससँग लड्ने हाम्रो रोगप्रतिरोधात्मक शक्तिलाई समृद्ध गर्दै खुशहाल जीवनका लागि एक स्वस्थ मानव बन्न हाम्रो सात्त्विक जीवनशैलीबाट हामीलाई ठूलो मद्दत पुग्ने छ । सबैलाई चेतना भया ….!

# डा. पूर्ण प्राकृतिक चिकित्सक हुन् भने कर्ण पाणिनी स्कुलका प्रिन्सिपल हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “कोरोना भाइरसको सन्त्रास र वास्तविकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *