‘कोभिड-१९’ र यसका चुनौतिहरू

- नेपाली हेल्थ

नोबल कोरोना भाइरस (कोभिड–१९)द्वारा हुने निमोनियाको क्लस्टर प्रकोपले विश्वका ११४ देशका १ लाख १८ हजार  मानिसमा संक्रमण र ४,२९१ ज्यान लिएपछि विश्व स्वास्थ्य संगठनले ११ मार्च २०२० मा यो प्रकोपलाई विश्व व्यापी महामारीको घोषणा गर्‍यो । त्यसयता ठ्याक्कै एक महिना अर्थात ११ अप्रिल (आज) सम्म संक्रमितको संख्या १७ लाख नजिक पुगेको छ । मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

चीनको वुहान शहरमा ३१ डिसेम्बर २०१९ का दिन कोभिड – १९ को पहिलो संक्रमण भेटिएको थियो । सो संक्रमणको तीन महिना पुग्दा १ लाखमा देखियो । तर त्यसपछि संक्रमण हरेक दिन नै करीब ७० – ८० हजारका दरले बृद्धि हुन् पुग्यो ।

विश्वव्यापी रुपमा कोभिड – १९ को संक्रमण बढदो क्रममा रहँदा यसको इपिसेन्टर मानिएको चीनमा भने नयाँ संक्रमण अत्यन्तै न्युन पाइएको छ । महामारीको सुरुवात भएको हुवेई प्रान्तको वुहान शहरको दैनिकी खुकुलो हुँदै गएको छ ।

चीनमा महामारी मच्चिरहेका बेला सो भाइरसले दक्षिण कोरियालाई पनि एक्कासी आक्रमण गरेको थियो । गत फेब्रअरीमा कोरियामा तिब्र गतिमा यो संक्रमण फैलिएको थियो तर विगत केही हप्ता देखि त्यहाँ पनि संख्या घटदै गएको छ । अहिले तिव्र रुपमा संक्रमण फैलिरहेको यूरोपका इटाली, स्पेन तथा संयुक्त राज्य अमेरिकामा नियन्त्रणका बिभिन्न प्रयासहरु भईरहेको छ । अन्य मूलुकमा भन्दा अमेरिकामा संक्रमितको संख्या उच्च रहेको छ ।

कोभिड – १९ को शुरुवात भएको चीनमा अहिलेसम्म ३ हजार ३३९ जनाको मृत्यु भएको छ । तर यो संख्या आजको दिनमा अमेरिकामा १८ हजार ७६८ पुगिसकेको छ ।

चीनको वुहानमा महामारीको रूपमा फैलिए लगतै, विश्व स्वास्थ्य संगठनद्धारा नोबल कोरोना भाइरस विश्वव्यापी महामारीको रूपमा फैलन सक्ने निरन्तर चेतावनी दिइरहँदा पनि अधिकांश देशहरुले भने यस् चेतावनीलाई पूर्ण रुपमा सदुपयोग गर्न सकेनन् र यस प्रकोपलाई नियन्त्रण गर्न असफल भए ।

कोभिड—१९ बाट उच्च सङक्रमित देशहरु जस्तै इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, बेलायत र अमेरिकामा भइरहेको उच्च मृत्युदर र रुग्नताका जोखिम नियन्त्रण गर्नका निम्ति सिंगापुर, हङकङ, ताइवानमा लागु गरिएका प्रभावकारी उपायहरु अपनाउन आवश्यक ठानिएको र अन्य संक्रमण नभएका देशहरुमा पनि सोही उपायहरु अपनाई भविष्यमा हुने विनाशकारी प्रकोपको रोकथाम गर्न सकिने पाठ सिकाउँदछ ।

चीनमा कोभिड—१९ महामारीको सामना र नियन्त्रण गर्नका लागि अभ्यास गरिएका भिन्न विधि तथा प्रकृयाहरु प्रचलित भएता पनि वुहानमा प्रयोग गरिएको पूर्ण लकडाउन जस्ता आक्रामक र कठोर उपायहरु स्वास्थ्य सेवा र जन स्वास्थ्यलाई बढी प्रभावकारी रहेको देखिन्छ । सोही उपाय महामारीको बक्र रेखालाई समतल बनाउन पनि प्रभावकारी रहेको देखिन्छ । मानवीय जीवनको थुप्रै क्षति र कष्ट सँगै महामारीको बक्र रेखालाई समतल बनाउन अमेरिकाले अझै २—४ हप्ता कुर्नपर्ने देखिन्छ ।

अहिले विश्वभरी चिनिँया बिषेशज्ञहरुको माग र महामारीको उच्च जोखिममा रहेका देशहरुमा चिनिँया बिषेशज्ञद्वारा निर्मित रणनीतिहरु पालना गर्ने क्रम बढ्दो छ । तथापी, कुनै पनि देश चाहे धनी होस या गरीव, स्वास्थ्य प्रणालीद्वारा प्रदान गरिने सेवा, जनशक्ति र उपकरणहरु सिमित हुन्छन । यद्यपि, प्रकोप र महामारीका बेला सबै स्वास्थ्य प्रणालीमा कति सेवा प्रदान गर्ने र कति जनशक्ति तयार गर्ने पहिल्यै निर्धारण गरेता पनि आवश्यक अनुसार केही हद सम्म बढाउन सकिन्छ । तयारीको मतलव चीनले जस्तो नयाँ अस्पताल नै बनाउनु पर्छ भन्ने होइन तर विभिन्न स्रोत र साधनको उचित परिचालन गरी सम्भावित हानीलाई न्युनिकरण गर्नु हो । उदाहरणका लागि आक्रमक उपायको एक हिस्साको रुपमा प्रारम्भिक लकडाउनलाई स्वास्थ्य क्षेत्रमा सम्भावित हानी हुन नदिन व्यापक रुपमा सिफारिस गरिएको छ ।

त्यस्तै, क्वारेन्टाइन सुविधा राम्रो बनाउँनु, सक्रिय स्क्रीनिङ र उचित व्यवस्थापन महामारी वक्र समतल बनाउने कोशे ढुङ्गा सावित भएको छ ।
दुर्भाग्यवस, यी उपायहरु विभिन्न राष्ट्रमा एकरुपताका साथ कार्यन्वयन भएका छैनन् र कोभिड–१९ को महामारी असामान्य रुपमा फैलिरहेको छ । सुरुवाती चरणमा अपनाउनु पर्ने यी उपायहरु बाहेक, स्वास्थ्य सेवा र दक्ष जनशक्ति नै कोभिड – १९सङक्रमित व्यक्तिबाट समूदाय सम्म पुग्न नदिने पहिलो चरण मानिन्छ ।

नेपालको स्वास्थ्य प्रणाली अरु न्यून र मध्यम आय भएका देशहरुको जस्तै कमजोर छ । जहाँ पहिलो चरणमा ठुलो संख्यामा सामूदायिक सङक्रमित व्यक्तिहरुको स्क्रिन गरिन्छ, दोस्रो चरणमा स्वास्थ्य संस्थाहरुले शंङ्कालागेको सङक्रमित व्यक्तिको निदान गर्छ्न र तेस्रो चरणमा बिरामीलाई हेरचाह गरिन्छ ।

अस्पतालमा पर्याप्त निदानात्मकको अभाव र सिमित सेवाले गर्दा (काठमाडौं सेन्ट्रल रिफ्रेरेन्स ल्याब कोभिड – १९ को प्रारम्भिक पहिचानमा बाधा पुराएको छ । देशको सेरोफेरोमा रहेको ठाउँहरुमा यसको पहिचान र व्यवस्थापन गर्न निकै कठिन छ । स्रोतका अभाव सघन उपचार कक्षकोसुविधा,आइसोलेसन वार्डर जनशक्तिले गर्दा आगामी दिनमा कोभिड -१९ संक्रमणको नियन्त्रणको लागि अस्पतालहरु तयार छैनन् । यससंगै व्यक्तिगत सुरक्षात्मक उपकरणको अभावले गर्दा नेपालमा डाक्टर लगायत अन्य स्वास्थ्यकर्मीहरु कोभिड – १९ को परीक्षण सेवा प्रदान गर्न अन्योलमा छन ।

चीनमा र हाल इटालीमा कोभिड १९ को बिरामी हेर्ने स्वास्थ्यकर्मीको कोरोना भाइरस बिरामीबाट सरेर मृत्यु हुने संख्या बढिरहेकाले गर्दा स्वास्थ्यकर्मीमा डर, अनिच्छ र निरासा बढेको महसुस गर्न सकिन्छ ।

अहिलेको अवस्थामा नेपाललाइ कोभिड १९ को महामारी पार लगाउन एकदम कठिन देखिन्छ । एकदमै कम परिक्षण भएका कारण समाजमा कति व्यक्ति संक्रमित छन् भनेर पत्ता लगाउन सकिएको छैन । अहिले पहिलो संक्रमण देखिएको ११ हप्ता भैसक्दा पनि हाम्रो तयारि पर्याप्त देखिन्न । 

सिद्घान्तमा नेपाल अहिले विश्व महामारीको दोस्रो चरणमा देखिन्छ तर रोग कसरी नेपाली समाजमा फैलिरहेको छ भन्ने अनुमान गर्न गाह्रो छ । अमेरिकाको अवस्था हेर्ने हो भने अमेरिकी विशेषज्ञहरुलाई पनि त्यहाँको मार्च को सुरुवाती संक्रमणको अवस्था कस्तो थियो भन्ने कुरा पत्ता लगाउन गाह्रो भएको थियो तर छोटो समयमै त्यहाँको अवस्था गम्भीर र डर लाग्दो भयो । अहिले हामी ढुक्क हुन सक्ने अवस्थामा छैनौ । गएको ११ हप्तामा हामीले पर्याप्त सुरक्षा उपकरण र परिक्षण किट को व्यवस्था र जोहो गर्नुे पर्ने थियो तर गर्न सकेनौँ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड(१९ले जनमानसको जीवन र स्वास्थ्यमा विशाल क्षति लगायत विश्वव्यापी जनस्वास्थ्य सुरक्षामा पनि भयावह चुनौती निम्ताएको छ । जति सक्दो छिटो सङक्रमित व्यक्ति पहिचान गरी, त्यस सङक्रमित व्यक्तिलाई अलग राखी र त्यस सङक्रमित व्यत्तिसँग समपर्कमा आएका व्यक्तिहरुलाई पहिचान गरिन्छ, त्यति नै छिटो यस् महामारीलाई नियन्त्रण गर्न सफल भईन्छ ।

नेपाल अहिले विश्वव्यापी रुपमा फैलिरहेको यस् महामारीको दोस्रो चरणमा प्रवेस गरेको छ तर पनि सो रोग कसरी जनमानसमा फैलिरहेको छ ठम्याउन भने गाह्रो छ । संयुक्त राज्य अमेरिकाको विषेशज्ञले पनि मार्च महिनाको सुरुवाती समयसम्म कोभिड(१९कुन अवस्था र आफु कुन चरणमा रहेको पत्ता लगाउन नसकेकाले अहिले उक्त महामारीले भयानक रुप लिएको छ । नेपाल जस्तो विकासोन्मूख देशमा कोभिड(१९ कुन अवस्थामा रहेको पत्तालगाउन असहज हुनु स्वभाभिक हो । कम्तिमा हामीले व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) गुणस्तरीय परीक्षण गत ११ हप्तासम्म व्यवस्थापन गर्न सक्थ्यौ,तर दुर्भाग्यवस यसमा पनि हामी चुक्यौँ।

प्राराम्भिक चरणमा कोविड(१९ को पहिचान गर्नु, क्वारेन्टाइन र आइसोलेसनमा राख्नु त्यस पश्चात उपचार गर्ने प्रकृयाका लागि हाल अपनाइएको लक डाउन आवधारणा प्रभावकारी रुपमा पाइएको छ । तसर्थ हामी बेलैमा सकृय हुन जरुरी देखिन्छ । अन्यथा एकपल्ट संक्रमण बढदो रुप लियो भने यसलाई रोकथाम गर्न निकै ढिला हुनेछ र हामी भाइरस र एक अर्कालाई भने आरोप लगाउन पक्कै सक्दैनौँ ।

राजनीतिक रुपमा हामीले निर्र्वािचत प्रतिनिधिहरुको स्थानीय तह, प्रादेशिक तह एवम संघीय तह सम्मको संजाल निर्माण गरेका छौं । यद्यपी, यी तीनवटै तहबीच प्रभावकारी सहकार्य एवम सामान्यवको कमी देखिन्छ । यस  महामारीको रोकथामका लागि स्वास्थ्य क्षेत्रको मात्र प्रयास काफी छैन, यसका लागि अन्य क्षेत्र जस्तै कृषि, शिक्षा, आपूर्ती, यातायात, स्थानिय बिकास आदिको पनि उतिकै महत्वपूर्ण भूमिका देखिन्छ ।

सैदान्तिक रुपमा हामीले स्वास्थ्य क्षेत्रमा मात्र नभएर स्वास्थ्य भन्दा पनि परका क्षेत्रहरु सँग मिलेर काम गर्नुपर्ने परिकल्पना मात्र गरेका छौ तर वास्तविकतामा भने अझै हुन सकेको छैन ।

अग्रस्थानमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट बचाउनका लागि सामूदायिक संलग्नता उच्च स्तरमा बिस्तार गरी निरन्तर पहिचान, परीक्षण र उपचार गर्ने रणनीति अबलम्बन गरौ । यसैगरी सामाजिक दुरिलाई कायम गरी सम्भावित हानीको रोकथाम गर्नु पर्छ ।

आम नागरिकलाई यस रोग सँगसँगै स्वास्थ्य, आनिबानी तथा व्य्वहारका बारेमा जानकारी सम्प्रेसण गर्नु आवश्यक छ जसले गर्दा सामूदायिक स्तरमा यसको सङक्रमण न्यूनिकरण गर्न सकिन्छ ।

यस रोगसँग लडनका लागि विज्ञान तथा जनस्वास्थ्य व्यवसायिहरु एवम नीतिनिर्माताहरु बीच सहकार्य गरी खोपको खोजी गर्नु आवश्यक छ । भाइरसलाई मुलबाट नै उन्मुलन गर्नका लागि हामीले बैज्ञानिक ज्ञान र व्यवहार अपनाउनु पर्दछ । यसै दौरानमा प्रभावकारी राजनीतिक निर्णयहरु लिन सकेमा मात्र यस महामारीबाट आमजनतालाई बचाउन सकिन्छ ।

सार्स कोभिड–१९महामारी नियन्त्रणमा लिन अवलम्वन गरिएका जनस्वास्थ्यका सामूदायिक कार्य, सामूदायिक सकृयता एवम विज्ञहरुको सामन्वय तथा सहकार्यबाट नै यसको नियन्त्रण लिन सफल भएका थियौ । सदभाव र सहकार्यबाट मात्र नै हामी सबैको साझा समस्याको हल गर्दै उज्जवल भविष्य ल्याउन सक्दछौ ।

कोभिड – १९ को लागि हजारौ परीक्षण गर्न, स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गर्न, सक्रिय सङक्रमित व्यक्तिपता लगाउन निगरानी प्रणाली सुधार्नुका साथसाथै भाइरससंग सम्पर्कमा आएकालाई क्वेरन्टाइनमा राख्न र सम्पर्कमा नआएकालाई छुट्टै राख्न जरुरी छ ।

यस सन्दर्भमा राष्ट्रिय स्तरमा नै निर्देशनात्मक प्रणाली अभ्यास गरिनु पर्दछ । यो समयमा सर्वसाधारण जनतालाई सामाजिक दुरी कायम राख्न, एक अर्कालाई सहयोग गर्न र आफुमा भएको सिप महामारीको समाधानको लागि प्रयोग गर्न प्रेरणा दिनुपर्छ ।

यससंगै कोभिड – १९ सम्बन्धि अध्ययन, अनुसन्धानलाई तिब्र गति दिनु पर्छ ताकि यो रोग बिरुद्दको लडाइलाई विज्ञानले निर्देशित गरोस ।

थप समाचार


Facebook Comment