कोरोना अपडेट – खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ

336
Shares

काठमाडौँ, २३ चैत । भक्तपुरका खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना भाईरस (कोभिड -१९) रिपोर्ट नेगेटिभ आएको छ ।

नेपालले पछिल्लो समय निषेध गरेका कोरोना प्रभावित देशहुँदै आएका नेपालीहरुलाई खरिपाटीमा राखिएको थियो । उनीहरुको गत शुक्रबार नमूना संकलन गरी राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना अपडेटमा जानकारी दिए ।

खरीपाटीमा सिल्क एयर र थाइ एयरबाट आएका नेपालीहरुलाई राखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *