स्याङ्जा : मिर्गौलापिडितलाई निःशुल्क यातायात सेवा

16
Shares


स्याङ्जा, २२ चैत । जिल्लाका दुई पालिकाले मिर्गौलाको डायलोसिस गर्नुपर्ने बिरामीका लागि निःशुल्क अस्पताल लैजाने ल्याउने व्यवस्था मिलाएका छन् । मुटुरोगका साथै डायलोसिस गर्नुपर्ने बिरामीका लागि लकडाउन कारण यातायात सञ्चालन नहुँदा उपचारमा जान समस्या हुने भएकाले पोखरासम्म लाने र ल्याउने व्यवस्था मिलाइएको ती पालिकाले जनाएका छन् ।

पुतलीबजार नगरपालिकाका नगरप्रमुख सीमाकुमारी क्षेत्रीले लकडाउनका कारण बेलाबेलामा डायालोसिस गर्नुपर्ने बिरामीलाई समस्या नहोस् भनेर नगरपालिकाले एउटा छुट्टै सवारी साधनको ब्यवस्था गरेको बताइन् ।

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाका दीर्घरोगी एवं नियमित औषधि सेवन गर्नुपर्ने खालका बिरामीका लागि गाउँपालिका आफैँले आषधि वितरण गरेको बताउँदै डाइलासिस गर्नुपर्ने बिरामीका लागि पनि विशेष सवारी साधनको व्यवस्था गरी अस्पताल लाने ल्याउने गरिने जानकारी दिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *