फ्रान्सबाट आएकी युवतीका परिवारका सदस्यमा देखिएन कोरोना

920
Shares

काठमाडौँ, १४ चैत । कोरोना भाइरसको संक्रमणमा परेकी १९ बर्षीया युवतीको परिवारका सदस्यहरु भने भाइरसबाट सुरक्षित भएको पाइएको छ । राष्टिय जनस्वाथ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीसंग सम्पर्क भएका परिवारका ६ जना सदस्यको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमित युवतीको भने दोस्रो परीक्षण हुनै छ । उनी टेकुस्थित शुक्रराज अस्पतालमा उपचाररत छिन् ।

गत ११ चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा काठमाडौँ उत्रिएकी ती युवतीलाई कोरोना भाइरस संक्रमण भएको जानकारी गराएको थियो ।

टेकु अस्पताल स्रोतका अनुसार ती युवतीको अवस्था अहिले पनि सामान्य छ । अबको दुई दिनपछि उनको दोस्रो पटक कोरोना परीक्षण गरिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *