कोरोना सतकर्ता : अब यी मुलुकबाट सोझैँ वा ट्रान्जिट भएर नेपाल आउन प्रतिवन्ध

1.2k
Shares

काठमाडौँ, ५ चैत । सरकारले कोरोना विरुद्ध सतर्कता अपनाउन केही मुलुकबाट सोझै नेपाल आउन र केही मुलुकबाट ट्रान्जिट हुँदै नेपाल आउन प्रतिवन्ध लगाएको छ ।

सिंहदरबारमा बसेको उच्चस्तरीय बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट सोझै आउन वा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलकबाट नेपाल आउन प्रतिवन्ध लगाएको हो ।

यो निर्णयको लागू हुने मिति २० मार्चको मध्यरात देखि लागू भई १५ अप्रिलसम्म कायम हुने भनिएको छ । यद्धपी परिस्थितिको मूल्यांकन गरी थप निर्णय लिन सक्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *