कोरोनाभाइरसको आशंकामा कुवेतबाट आएका दुई जनालाई टेकु पठाइयो, छ जना आइसोलेसनमा

256
Shares

काठमाडौँ, २९ फागुन । कोरोना भाइरसको आंशकामा कुवेतबाट आएका दुई जना नेपालीलाई त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले टेकु पठाएको छ । वैदेशिक कुवेत गएका उनीहरु आज दिउसो ओमन एयरको उडानबाट स्वदेश फर्किएका थिए ।

विमानस्थल हेल्थ डेस्क संयोजक गोपाल पाण्डेले इन्फाइराईड थर्मामिटरबाट तापक्रम जाँच गर्ने क्रममा ज्वरो देखिएपछि उनीहरुलाई तत्कालै टेकु अस्पताल रेफर गरिएको बताए ।

यता स्वास्थ्य मन्त्रालयले आज टेकु अस्पताल र पाटन अस्पतालमा गरी संकास्पद छ जनालाई आइसोलेसन वार्डमा भर्ना गरि राखिएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ६ मध्ये ४ जना टेकु र २ जना पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको जानकारी दिए ।

टेकु अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले संकास्पदहरुलाई आइसोलेसनमा राख्ने र डिस्चार्ज हुने काम नियमित जस्तै भईरहेको भन्दै सुरक्षाका लागि आवश्यक उपाय अवलम्बन गरिएको बताए ।

उनले अहिलेसम्म ४५० जनाको प्रयोगशाला परीक्षण भएकोमा एक जना शुरुमै पोजेटिभ भए बाहेक अरु सबै नेगेटिभ भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *